लगातारको वर्षाका कारण इपिएलकोे तेस्रो खेल पनि रोकियो | Jana Aawaj News

लगातारको वर्षाका कारण इपिएलकोे तेस्रो खेल पनि रोकियो

पढ्न लाग्ने समयः < 1 मिनेट
लगातारको वर्षाका कारण इपिएलकोे तेस्रो खेल पनि रोकियो : Jana Aawaj News

काठमाडौं । लगातारको वर्षाले एभरेष्ट प्रिमियर लिगका खेलहरु ल्गातार स्थगित भईरहेका छन् । यस्तै बर्षाका कारण तेस्रो खेल समेत प्रभावित हुन पुगेको छ ।
आइतबार पनि भारी बर्षाका कारण पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सको खेल रोकिएको थियो । आज सोमबार विहान तय भएको काठमाडौं किंग्स ११ र बिराटनगर वारियर्सको खेल पनि रोकिन पुगेको छ ।

कीर्तिपुर मैदानको आउटफिल्ड भिजेकाले आइतबारको खेल हुन नसकेको हो भने, बर्षाकै कारण भन्दै दुई घण्टा कुरेर अन्तिममा स्थगित नै भएको थियो । यो खेल अर्र्को दिन डे अफमा खेलाइने बताइएको भएता पनि खेल भने हुन सकेन ।

सो खेलमा टसका लागि अम्पायरले मैदानको निरिक्षण गर्दा अन्तिममा साँढे २ बजेको समय तोकिएको बेला फेरि बिचमा भारी बर्षा भएर मैदानमा पानी जमेपछि खेल रद्द नै भयो ।

सोमबार पुन पानीकै कारण खेल नहँुदा झन दबाब बढेको छ । यता पहिलो खेलमा समेत जितका लागि ठूलो संभावना बोकेको भैरहवाको खेल स्थगित हुँदा टिमलाई घाटा भएको छ ।

+ posts

 

 

ताजा
1 अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित
2 गृहमन्त्री गुरुङले दिए राजीनामा
3 चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
4 भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न