वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न | Jana Aawaj News

वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२/८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताउनुभयो । अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक पनि पढ्न सुझाव दिंदै संयोजक प्रजापतिले सरकारको परनिर्भर बजेटले देशको सार्वभौमिकता नै कमजोर हुने दृष्टान्तरहरु दिनुभयो ।
भ्रष्टाचार देशको महारोग भन्दै उहाँले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेसम्म बजेट साँचो अर्थमा कार्यान्वयन हुँदैन भन्दै उहाँले शिक्षामा बजेट सबभन्दा बढी देखिए पनि प्रतिशतका दृष्टिले प्रत्येक वर्ष बजेट घटाउदै ल्याएको बताउनुभयो । उहाँले शिक्षा मावि तहसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने र उच्च शिक्षा पनि निःशुल्क हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले सरकारको बजेटमा गरेको यो अन्तरक्रिया र निष्कर्ष प्रशंसनीय छ भन्नुभयो ।

वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजेट प्रस्तुत गर्ने संसारको विभिन्न देशको उदाहरण दिँदै नेपालको इतिहासमा सुवर्ण समशेरले २००८ सालदेखि शुरु भएको जानकारी दिनुभयो ।
बजेटलाई आम जनताले आआफ्नो स्वार्थको आँखाले हेर्ने गरेको चर्चा गर्दै उहाँले बजेटबारे विद्यार्थीहरुले आत्मविश्वासका साथ प्रस्तुती दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वागीश्वरी अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले संविधान उन्मुख संविधानअन्तर्गतको सरकारद्वारा प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक संवाहक मान्नु विडम्वनापूर्ण छ भन्नुभयो ।

बजेटमा चालु पूजी ६० प्रतिशत र पुजीगत खर्च २० प्रतिशत मात्र हुनु अत्यन्त डरलाग्दो स्थिति हो भन्दै कर नतिर्नेह?लाई दण्ड दिनुपर्नेमा झन कर छुट दिने सरकारी नीति गलत छ भन्दै उहाँले ४४.५ प्रतिशत नेपाली युवा बिदेसिनु चित्ताजनक छ भन्नुभयो ।

अर्थशास्त्र विषय शिक्षक बालगोपाल श्रेष्ठ बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्य हुनुपर्नेमा जोड दिनुभएको सो कार्यक्रममा विद्यार्थीहरु अनमोल दुङ्गाना, अनिता लिगल, सोनु तामाङ, प्रविणा तामाङ, रुवि स्यामाजु, रोजी प्रजापति र सुमित्रा कार्कीले बजेटका फरक फरक विषयमा सकारात्मक र नकारात्मक पक्ष माथि प्रकाश पार्नुभएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न