प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठकको आह्वान | Jana Aawaj News

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठकको आह्वान

सर्वदलीय बैठक पश्चात, प्रतिनिधि सभा र मन्त्रीपरिषद्को बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठकको आह्वान : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा आज सर्वदलीय बैठक बोलाइएको छ । आज बिहीबार बस्ने बैठक बालुवाटारमा बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

आज बस्ने लागेको बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगाएतका सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ ।

लगातार संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ । उक्त संसद् अवरोध तथा पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि यसअघि पनि बैठक बोलाउनुभएको थियो । बैठक विभिन्न प्राविधिक कारणले रोकिदैं आएको छ ।

सर्बदलीय बैठक पश्चात प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने

आज नै प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने भनिएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजी सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको बताइएको छ ।

नेकपा एमालेले संसद्को दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेको समयमा पुन अवरोध गरे अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी रहेको बताइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची समेत रहेको छ ।

प्रधानमन्त्री देउवाद्धारा आजै मन्त्रिपरिषद्को बैठक पनि

प्रधानमन्त्री देउवाले आजै ३ बजेक लागि मन्त्रिपरिषद् बैठक समेत बोलाउनुभएको छ । आज बस्ने बैठक सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न