२२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत अखिल क्रान्तिकारीको बन्दसत्र आजबाट सुरु | Jana Aawaj News

२२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत अखिल क्रान्तिकारीको बन्दसत्र आजबाट सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
२२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत अखिल क्रान्तिकारीको बन्दसत्र आजबाट सुरु : Jana Aawaj News

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुने भएको छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने बताइएको छ ।

आजबाट शुरु हुने बन्दसत्रमा विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल गर्ने, प्रत्येक समूहले एक टोली नेता छान्ने, छलफलपछि हलमा टोली नेताले छलफलमा उठेका विषय राख्ने र प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढाइने बताइएको छ ।

उक्त बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण समेत हुने छ भने, सोहि बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

बिहीबार नै काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उदघाटन गर्नुभएको थियो ।

आजबाट शुरु हुने बन्दसत्रमा ४० वर्षे उमेर हद लागु हुनुपर्ने मत राखेका उपाध्यक्ष दिपेश पुनले अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा हुन् ।

अध्यक्ष पदको दाबेदारमा दिपेश पुन, सुरेन्द्र बस्नेत र पञ्चा सिंह मुख्य दाबेदार रहेको बताइएको छ । उपाध्यक्षहरुमा भने, तिलक भण्डारी, विजय गौतम र महासचिव उत्तम अधिकारी पनि अध्यक्षका आकांक्षी रहेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न