उत्तर कोरियाद्धारा एक महिनामा ४ वटा मिसाइल परीक्षण | Jana Aawaj News

उत्तर कोरियाद्धारा एक महिनामा ४ वटा मिसाइल परीक्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
उत्तर कोरियाद्धारा एक महिनामा ४ वटा मिसाइल परीक्षण : Jana Aawaj News

काठमाडौँ । उत्तर कोरियाले एक महिनामा ४ वटा मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ ।

केही दिनअघि मात्रै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल सामान्य मिसाइलको तुलनामा शक्तिशाली भएको र सो मिसाइल परमाणु क्षमता सहितको भएको बताइएको थियो ।

एक महिनाको अवधिमा उत्तरले चौथो पटक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताउँदैं आएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमताको दाबि समेत गरेको छ ।

उत्तरले लगातार परिक्षण गरिरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भने यी परीक्षणले असुरक्षालाई लिएर धेरै आशंका पैदा गरिरहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न