
काठमाडौँ । उत्तर कोरियाले एक महिनामा ४ वटा मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ ।
केही दिनअघि मात्रै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल सामान्य मिसाइलको तुलनामा शक्तिशाली भएको र सो मिसाइल परमाणु क्षमता सहितको भएको बताइएको थियो ।
एक महिनाको अवधिमा उत्तरले चौथो पटक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताउँदैं आएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमताको दाबि समेत गरेको छ ।
उत्तरले लगातार परिक्षण गरिरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भने यी परीक्षणले असुरक्षालाई लिएर धेरै आशंका पैदा गरिरहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 305741



