नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण | Jana Aawaj News

नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

पढ्न लाग्ने समयः < 1 मिनेट
नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण : Jana Aawaj News

काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको छ ।

उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको हो ।

यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ । प्रतिनिधिसभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते उक्त विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।

उक्त विधेयक राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

+ posts