Time Series Analysis Using E-views विषयमा पाँचदिने कार्यशाला गोष्ठीआजबाट शुरु | Jana Aawaj News

Bhaktapur Hospital

Time Series Analysis Using E-views विषयमा पाँचदिने कार्यशाला गोष्ठीआजबाट शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
Time Series Analysis Using E-views विषयमा पाँचदिने कार्यशाला गोष्ठीआजबाट शुरु : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Time Series Analysis Using E-views विषयमा भएको पाँचदिने कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले अनुसन्धानलाई प्राथमिकतामा राखेका देशहरुको तुलनात्मक रुपमा विकास भइरहेको बताउनुभयो । विज्ञान तथा प्रविधिमा यथेष्ट लगानी गरेर मात्र देश विकासको पूर्वाधारको विकास सम्भव हुने बताउनुहुँदै उहाँले राज्यले शिक्षा, विज्ञान तथा प्रविधिलाई कमै महत्व दिने गरेको बताउनुभयो ।

सरकारले प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाएर यस क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुहुँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरी मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।

भक्तपुरका कलेज तथा विद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुहुँदै उहाँले विकास निर्माणका काममा विदेशीको भर पर्न नहुने र आफूमा भएको ज्ञान र सीपलाई विस्तार गर्न अनुसन्धानका कार्यहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजले प्रत्येक वर्ष विभिन्न विषयमा अनुसन्धान क्षेत्रका कार्यशाला गोष्ठीहरु आयोजना गर्दै आइरहेको बताउनुहुँदै यस्ता कार्यक्रमहरुले शिक्षकहरुको मनोबल बढाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज विभागीय प्रमुख सुनिल सुवालले पनि बोल्नुभएको थियो भने कार्यक्रममा प्रमुख प्रजापतिले कलेजका प्राचार्य रुपक जोशीलाई तालिमको सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x