इरानको नयाँ सर्वोच्च नेता बने मोजतबा खामेनी | Jana Aawaj News

इरानको नयाँ सर्वोच्च नेता बने मोजतबा खामेनी

पढ्न लाग्ने समयः < 1 मिनेट
इरानको नयाँ सर्वोच्च नेता बने मोजतबा खामेनी : Jana Aawaj News

एजेन्सी । आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनी इरानका नयाँ सर्वोच्च नेता चयन भएका छन् । इरानको सरकारी मिडियाका अनुसार देशको ८८ सदस्यीय धार्मिक संस्था असेम्ब्ली अफ एक्सपर्ट्सले उनलाई नयाँ सर्वोच्च नेताको रूपमा चयन गरेको हो । यही संस्थाको जिम्मेवारी देशको सर्वोच्च नेता छान्ने हुन्छ ।

संस्थाको एक विज्ञप्ति सरकारी टेलिभिजनमार्फत पढेर सुनाइँदै भनिएको छ, युद्धका अत्यन्त गम्भीर परिस्थितिका बाबजुद र हाम्रो संस्थाविरुद्ध दुश्मनहरूले दिएका प्रत्यक्ष धम्कीहरूका बीच पनि नेतृत्व चयन र घोषणा गर्ने प्रक्रिया एक क्षणका लागि पनि रोकिएन । असेंब्ली अफ एक्सपर्ट्सको सचिवालय कार्यालयमा भएको बमबारीमा केही कर्मचारी र सुरक्षा टोलीका सदस्यहरूको मृत्यु भए पनि प्रक्रिया जारी रह्यो । विज्ञप्ति पढेपछि टिभी प्रस्तोताले अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबरु भन्ने नारा समेत लगाएका थिए ।

 

 

 

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न