नेपाललाई चीनले पुन १० लाख डोज खोप अनुदानमा दिने | Jana Aawaj News

नेपाललाई चीनले पुन १० लाख डोज खोप अनुदानमा दिने

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाललाई चीनले पुन १० लाख डोज खोप अनुदानमा दिने : Jana Aawaj News

काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी गराउनुभएको छ ।

चीनले भेरोसेल खोप यसअघि पनि १६ लाख डोज खोप अनुदानमा दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र आउने बताइएको छ ।

यस क्रममा चीनले अनुदानमै थप १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने भएको छ । यस्तै चीनले कोरोना भाइरसको तेस्रो लहरविरुद्ध लड्न आवश्यक पूर्वाधार निर्माणका ५० लाख चिनियाँ युआन करिब ९ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान पनि उपलब्ध गराउने भएको बताइएको छ ।

चिनियाँ राजदूत होउ यान्छी र राज्यमन्त्री श्रेष्ठबिच आज मन्त्रालयमा भेटवार्ता भएको छ । यस पटक चीनले सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न