
भक्तपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको बताउनुभएको छ । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति आक्रोश पोख्नुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार-आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर’ भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ। उहाँकै दलका सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त।’ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले प्रश्न गर्दैभन्नुभएको छ सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल-चामल खोस्ने यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ। यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो। यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।’
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related

















Total views : 348102










