दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई | Jana Aawaj News

दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटमा वडा बाल सञ्जालको आयोजनामा सञ्चालित प्रथम फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

१२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको यस प्रतियोगितामा वडा भित्रका विद्यालयस्तरीय बाल समूह, टोलस्तरीय बाल समूह तथा वडा बाल सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

भैरव फुटसल मैदानमा सञ्चालित यस प्रतियोगितामा गाम्चा फुटसल क्लब पहिलो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दधिकोट फुटसल क्लब दोस्रो र चित्रपुर फुटसल क्लब तेस्रो हुन सफल भएको थियो।

बालबालिकाहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षाका साथ आयोजित यस कार्यक्रमलाई पछि पनि निरन्तरता दिई रहने आयोजकले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x