जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटमा वडा बाल सञ्जालको आयोजनामा सञ्चालित प्रथम फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।
१२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको यस प्रतियोगितामा वडा भित्रका विद्यालयस्तरीय बाल समूह, टोलस्तरीय बाल समूह तथा वडा बाल सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

भैरव फुटसल मैदानमा सञ्चालित यस प्रतियोगितामा गाम्चा फुटसल क्लब पहिलो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दधिकोट फुटसल क्लब दोस्रो र चित्रपुर फुटसल क्लब तेस्रो हुन सफल भएको थियो।
बालबालिकाहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षाका साथ आयोजित यस कार्यक्रमलाई पछि पनि निरन्तरता दिई रहने आयोजकले बताएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 368521