
भक्तपुर । मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको आयोजनामा गत २०८० मंसिर २३ गतेका दिन भक्तपुर नगर भित्रका पुरातात्विक बहा:हरूको पदयात्राको कार्यक्रम आयोजना गरिएको थियो। त्यसमा पथ-प्रदर्शक भनौं या पदयात्राभरिका प्रस्तोता हुनुहुन्थ्यो ओम धौभडेल। उक्त कार्यक्रम आयोजना गरिएको अढाई वर्ष पछि आज त्यस भ्रमणको श्रव्य-दृष्यको प्रदर्शन नयाॅ वानेश्वर स्थित एन.बि. सेण्टरमा भयो। उत्कृष्ट छायांकन, सत्यतथ्यको अनुसन्धानात्क विषयवस्तु र ओम धौभडेलजीको धारा प्रवाह प्रस्तुतीका कारण करिव सवाघण्टाको प्रदर्शन अत्यन्त रोचक थिए। प्रस्तुत सामग्री सूचनामूलक, ज्ञानप्रद, ऐतिहासिक एवम् रोमाञ्चक भएका कारण प्रदर्शन हलमा प्रदर्शन अवधिभर (QFX) पिनड्रप साइलेन्स थियो।
उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा.माधव सुन्दर मल्लको सभापतित्व र वरिष्ठ नाट्यकर्मी एवम् सर्जक अशेष मल्लको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

प्रतिष्ठानका सदस्यहरू सर्वश्री राजेशचन्द्र प्रधानाङ्को समन्वय, सोमेश मल्लको प्राविधिक उत्पादन, दिनेश प्रधानाङ्ग, मञ्जित मल्ल, अनिल मल्ल आदिको व्यवस्थापन र रातदिनको खटाईले उक्त सामग्रीको तयारी संभव भएको थियो ।
राजनीतिक शक्ति, वैभव र सुन्दरीका खातिर विश्वमा ठूलठूला विद्रोह, विप्लव र युध्द हुन गएको इतिहास असंख्य छन्। नेपाल यसको अपवाद किन हुन्थ्यो ? विभिन्न कालखण्डमा नेपालमा पनि आक्रमण, राजनीतिक विस्तार, उथलपुथल भएका छन्। मध्यकालीन इतिहासको विसर्जन र एकीकरणको शाहकालीन इतिहास हामीले पढी आएको हो र इतिहास विजयी पक्षको धेरै लेखिनु पनि अस्वाभाविक होओइन।
आध्यात्मिक दृष्टिकोणले हेर्दा कोही पनि हिरो वा भिलेन जन्मजात भएर आएका होओइन । समय वा प्रकृति गुणले जिम्मेवारी लिएर आएका हुॅदा रहेछन र घट्नाहरू घटिट हुॅदा रहेछन्। त्यसरी नै तत्कालीन नेपाल मण्डल शाहवंशको एकीकरण अभियानको नाममा विस्तार भयो । इतिहास हेर्दा विभिन्न कालखण्डमा नेपालको राजनीतिक फैलावट, आकार प्रकार वा नक्शा थरीथरीका भेटिन्छन् र परिणामतः कति सम्पदा नष्ट भए श्रृजना भए, त्यसको पूर्ण लेखाजोखा प्रायः असंभव छन्।
उक्त कार्यक्रममा प्रस्तुत श्रव्यदृष्यबाट प्राप्त सात बहाःबारे संक्षिप्त जानकारी निम्नानुसार प्रस्तुत गरेको छु।
मल्लकालीन सात बाहा: (दरवार)
नेपाल सम्बत ८२८ मा राजा भूपतिन्द्र मल्लद्वारा ५५ झ्याले दरवार बनाइएको थियो । तत्कालीन राजकाज यही दरवारबाट सञ्चालन हुन्थ्यो। दरवार परिसर र आसपासमा ९९ चोक रहेको सप्रमाण भेटिन्छन्।
भक्तपुरका अन्तिम राजा रणजित मल्लका ५ श्रीमती थिए ।
१ वृद्धिलक्ष्मी
२ ऋद्धिलक्ष्मी
३ बुद्धिलक्ष्मी
४ विश्वलक्ष्मी
५. जयलक्ष्मी (मनमयजु)
यसमा रानी वृद्धि लक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीबाट वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमयजु) को तर्फबाट सात छोराहरू (भाजुराजाहरू) जन्मिएका थिए। जेठा रथ सिंह मल्ल, माइला धनसिंह, साहिला उपेन्द्र, काहिँला (ठाँत सिंह मल्ल मनोज
धनसिंह) त्यसपछिका लक्ष्मीनरसिंह, जयनारायणसिंह आदि थिए ।
वीरनरसिंह मल्ल जो पृथ्वीनारायण शाहका मीत थिए, उनको षड्यन्त्रपूर्ण हत्या भएको थियो। त्यसपछि मनमयजुका छोराहरू राज्यमा हावी हुनथाले। त्यहीकालमा मा ती युवराजहरूका लागि धेरै बाहा:हरू बनेका थिए। केही बाहाहरू विभिन्न उद्देश्यका लागि बनाइएको थिय।
बाहा:को खास बिशेषता भनेको अनेक सुविधा सहित गोप्य बाटो पनि हुनु हो । कथंकदाचित भाग्नु पर्ने परिस्थिति आयो भने एउटा बाहाबाट अर्को बाहा जान सकिन्थ्यो।
प्रमुख बाहामा:
१)थाथु बहा:, खौमा
२) दुबसी बहा:, कोलाछें
३) सन्तन बहा:, खौमा
४) खौमा बहा:, खौमा
५) कुथु बहा:, तपलाछी
६) थाथुचा बहा:, थाथुचा
७) नासमना बहा:, नासमना
अन्य बहा:हरू
८) भोत्या बहा:, सोमला
९) पूबहा:, तःम्हारी
१०) दथुबहा: लायकु
११) चोछेंबहा:, चोछ्येॅ
१)थाथु बहा:
खौमा टोलस्थित यो बाहालाई माथिल्लो भेगमा परेको कारण थाथु बाहा भनिएको हो। यो बहा बिशेषतः अजित सिंह मल्लको लागि बनाइएको थियो।
२) दुबसी बहा:
कोलाछें टोलस्थित यो बहा: राजा रणजित मल्लका ठाॅइलो छोरा अवधूतसिंह मल्लकोलागि निर्माण गरिएको भनिन्छ।
३) सन्तन बाहा:
बि.सं. १८२६ मा भक्तपुर माथी आक्रमणको दौरान पृथ्वीनारायण शाहका सेनाले यस बाहाबाट नाचगानको सामानहरू लुटेका थिए भनिन्छ। त्यस समयमा नाचगान सिकाउनको लागि बाहाको प्रयोग हुने गरिएकोले बहा:हरू पनि आक्रमणको तारो भएको मानिन्छ।
पृथ्वीनारायण शाहलाई सात बहालका राजकुमारहरूको समर्थन रहेको भनिए पनि यो बहामा भएका घट्नाले सो मिथ्या प्रमाणित गर्दछ। किनकी यो बहाल बाहिर सातबाहाका कुमारहरूले डटेर मुकाबिला गरेको र पृथ्वीनारायण शाहका धेरै सेना हताहत भएको प्रमाण पाइन्छ। र मनोहर सिंहको मातहतमा रहेको यो बहालका मल्ल राजाका सेनालाई पनि पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले हत्या गराएको प्रमाण उपलब्ध भएको मानिन्छ ।
४) खमा बहा: यो बाहा पुरानो बहा मध्येको एक हो। बाहाको दायाॅ बाॅयालाई नै क्वाठ भनिन्छ। अर्थात एक किसिमको दरवार क्षेत्रको किला हो। १६औं शताब्दीमा राजा भुवन मल्लको भाई जित मल्ल राजकाजमा प्रभावशाली थियो र निज एक सैनिक टुकडी सहित दरबारको पश्चिम भेगको सुरक्षाका लागि यस बहामा नायो पदसहित आसिन थिए । जित मल्लका छोरा गोसाई मल्ल र नातिहरु पूर्णसिं भारो, अमरसिं भारो, दर्बोसिं भरो, मदनसिं भारो, जयसिं भारो आदि यस क्वाथमा रहन्थे ।
५) कुथु बहा: तापलाछि दोकछेॅ सम्म फैलिऐको कुथु बहा राजा जगत प्रकाश मल्लका सन्तानहरूका लागि तयार गरिएको भनिन्छ। यो बहामा आगम देवता छ जसलाई त्रिपुरसुन्दरी षोडशी देवी पनि भनिन्छ । वि.सं. १८२६ मा पृथ्वीनारायणले आक्रमण गर्दा भाजु कुटुले आफ्नो सम्पति (हिरा ज्वारात, सुन) व्यासी टोलका आफ्नो मोही वीर नारायण लाखेको घरमा लुकाउन लगे। यो कुरा थाहा पाएर पृथ्वीनारायणका सैनिकले लाखेको घरबाट पनि लुटेका थिए। शासक वर्गको तारो रहेकोले राणाकालमा समेत यस बहा:का सन्तती जग्गा जमिन हरण भए ।
६) थातुचा बहा: बाराहीको द्य:छेँ भित्रबाट पुगिने र तुलनात्मक रुपमा उच्च भागमा रहेको कारणले गर्दा यसलाई थाथुचा बहाः भनिएको हो । जित मल्लको छोरा जय नारायण सिंहको लागि निर्मित यस बहहाःमा पृथ्वीकोनारायण शाहका भारदार रामकृष्ण कुंवर पठाई मित बनाइएको हो।
७) नासमना बहा: थाथुचा संगै रहेको नासमना टोलमा यो बहा: पुराना कलाकृति युक्त बहा हो।बहा: भित्र एक शिवलिङ्ग छमा हरहमेसा यो जलहरिबाट पानी बग्ने गर्दथ्यो । यहाँ सःगै पूर्वाभिमुख लक्ष्मीनारायणको मुर्ती छ। गर्भवती महिलाको नाममा पसवावस्थामा त्यस मूर्तीको टाउकोमा तेल चढाउदा दाॅयि बग्यो भने छोरा भने र बायाँ बग्यो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ । यो बाहका नायो प्रभु नारायण मल्ल हुन । वहाॅको दाजु हेम नारायण मल्ल राजा रणजित मल्लको छडीदार थिए ।पृथ्वीनारायण शाहले आक्रमण गर्दा प्रत्याक्रमण गर्न दिई रणजित मल्लको पगरी ५५ झ्याले दरवार बाहिर झुन्ड्याउने हेम नारायण मल्ल नै थिए । प्रभु नारायण मल्ल पृथ्वीनारायण शाह संग मिलेको थियो । राज्य दिने लोभमा पारी पृथ्वी नारायण शाहले तिनलाई आफ्नो साथमा लिए ।
राजा रणजित मल्ललाई कोठामा थुनेर राख्दा गोर्खालीको तर्फबाट राजालाई कुरी बस्ने पनि प्रभु नारायण मल्ल नै हुन सक्छ। पछि उनले गोर्खालीको तर्फबाट धेरै लडाइँहरू लडेका थिए। अन्तिम पटक आक्रमणमा पृथ्वी नारायणका सेनाले सफूकोथा ‘त्यसबेलाको भव्य पुस्तकालय जलाइयो। उक्त पुस्तकालय हालको बिद्यार्थी निकेतन माध्यमिक बिद्यालय रहेको स्थानमा थियो। उक्त पुस्तकालयको अवशैषको रूपमा एक जीर्ण मूलढोका बाॅकी छ। उक्त पुस्तकालयमा भारतको नालन्दा विश्वबिद्यालयमा मुस्लिम शासकले आक्रमण गर्दा संरक्षणार्थ ल्याइएका पुस्तकहरु थिए भनिन्छ। त्यस्तै बोधगयाबाट ल्याइएका कतिपय बौध्द ग्रन्थहरु ल्हासा समेत लगिएका थिए।
उत्तम नारायण मल्ल
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 371041












