काठमाडौँ । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जोरपाटीस्थित शान्ति आदर्श कलेजमा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न भएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक समूह (ASEZ) को आयोजनामा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कलेजका प्रधानाध्यापक गोविन्दप्रसाद डंगोलको प्रमुख आतिथ्यमा आयोजित उक्त सेमिनारमा उपप्रधानाध्यापक, कोर्डिनेटर तथा ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा वातावरणीय सन्तुलन कायम राख्न दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउने र सन् २०४० सम्ममा प्लास्टिकमुक्त समाज निर्माण गर्ने अवधारणाबारे गहन छलफल गरिएको थियो।
सेमिनारमा प्रस्तुत अवधारणाप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख अतिथि डंगोल तथा अन्य अतिथिहरूले ASEZ को अभियानको उच्च प्रशंसा गर्नुभयो। वातावरण संरक्षणका लागि चालिएको यो कदम उदाहरणीय रहेको उल्लेख गर्दै उहाँहरूले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक कार्यहरूमा संस्थासँग निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 392117