बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ | Jana Aawaj News

बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ

पढ्न लाग्ने समयः 2 मिनेट
बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ : Jana Aawaj News

भक्तपुर, असोज २८ गते । सूर्यविनायक नगरपालिका-९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि. भक्तपुर र नन्दीकेश्वर ढल निकास टोल विकास संस्थाले सहकार्य गरेका थिए।

स्थानीयस्तरमा सरसफाइको महत्त्व बढाउँदै सडक तथा आसपासका क्षेत्रमा स्वच्छता कायम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सार्वजनिक सडक, मन्दिर जाने मार्ग र बस्ती आसपासको वातावरण सफा राख्नु स्थानीय समुदायको साझा जिम्मेवारी भएकाले यस्ता कार्यक्रमले सामुदायिक सहभागिता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मदरल्याण्ड स्कुलको तर्फबाट बाचामारी चोक देखि नन्दीकेश्वर सडक खण्डमा पैदल यात्री र मन्दिर परिसरमा फोहोर संकलन एवं व्यवस्थापनको लागि डस्टविनको समेत राखिएको छ । उक्त डस्टविनमा जम्मा भएका फोहोर नेप्सेम्याक प्रालि भक्तपुरले संकलन गरी व्यवस्थापन गरिने जनाइएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नन्दीकेश्वर महादेव मन्दिर जाने सडक स्थानीय बासिन्दाका साथै मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने भक्तजनले समेत प्रयोग गर्ने मार्ग हो। यस्तो सार्वजनिक मार्गको नियमित सरसफाइले आवतजावत सहज बनाउनुका साथै धार्मिक स्थलको वातावरण स्वच्छ राख्नसमेत मद्दत पुर्‍याउने उद्देश्य रहेको थियो ।

सरसफाइ एक दिनको अभियानमा सीमित नराखी दैनिक जीवनको अभ्यास बनाउन आवश्यक छ। घर, टोल, सडक र सार्वजनिक स्थलमा फोहोर व्यवस्थापन गर्ने बानीको विकास गर्न सके मात्रै स्वच्छ तथा स्वस्थ समुदाय निर्माण गर्न सकिन्छ। यसका लागि स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य आवश्यक हुन्छ।

विद्यालय र स्थानीय सम्पदा संरक्षण समितिको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले शैक्षिक संस्था र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै सार्वजनिक सरसफाइमा संस्थागत सहकार्यको महत्त्वसमेत उजागर गरेको छ।

स्थानीय क्षेत्रको स्वच्छता कायम राख्न र वातावरण संरक्षणप्रति नागरिकलाई जिम्मेवार बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ। सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सबैको सहभागिता सुनिश्चित गर्न सके नंखेल क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन सहयोग पुग्नेछ। सरसफाइमा स्थानीय, विद्यार्थी, शिक्षक तथा नेप्सेम्याक प्रालिको सक्रिय सहभागिता रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न