आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै | Jana Aawaj News

आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै : Jana Aawaj News

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेपछि तुल्सीलाल अमात्य स्मृति भवनमा बस्ने भनिएको बैठकमा हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ ।

आज बस्ने बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा गर्ने भएको छ, भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने बताइएको छ ।

यस्तै हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १० औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि समेत चयन गर्ने भएको छ ।

नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुने भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न