
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेपछि तुल्सीलाल अमात्य स्मृति भवनमा बस्ने भनिएको बैठकमा हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ ।
आज बस्ने बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा गर्ने भएको छ, भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने बताइएको छ ।
यस्तै हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १० औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि समेत चयन गर्ने भएको छ ।
नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुने भएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 296041



