प्रधानन्यायाधीशको राजीनामा माग्दै बारद्धारा धर्ना, संवैधानिक ढंगले हटाउन जबराको चुनौती | Jana Aawaj News

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारद्धारा धर्ना, संवैधानिक ढंगले हटाउन जबराको चुनौती

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानन्यायाधीशको राजीनामा माग्दै बारद्धारा धर्ना, संवैधानिक ढंगले हटाउन जबराको चुनौती : Jana Aawaj News

काठमाडौं । नेपाल बार एसोसिएसन न्यायालय सुधारका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको छ । बारको अगुवाइमा आइतबार कानुन व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थित बार परिसरमा धर्ना दिएका हुन् ।

बारले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको हो । बारले आन्दोलनको घोषणा गरेसगैं सोहि कार्यक्रम अन्तर्गत सर्वोच्च अदालतमा एक घण्टे धर्ना सुरु गरेको हो ।

गत शुक्रबार बसेको बारको कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएसगैं आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना दिइने बारले जानकारी गराएको छ ।

तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बारले चेतावनी समेत दिएको छ । अर्कोतर्फ प्रधानन्यायाधीश राणाले भने आफूलाई संवैधानिक तवरबाट हटाउन चुनौती नै दिएका छन् ।

बारले ‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’ भन्दै ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने’ प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग गरिएको छ ।

 

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न