बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना | Jana Aawaj News

बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना

पढ्न लाग्ने समयः < 1 मिनेट
बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना : Jana Aawaj News

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आज काठमाडौँ उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीहरूले दुई घण्टा धर्ना दिने भएका बताइएको छ । आज नेपाल बार एसोसिएसनले बिहान १० देखि १२ बजेसम्म सबै अदालतमा धर्ना दिने जानकारी गराएको छ ।

यसैगरी धर्नाको अवधिमा इजलास बहिस्कार गर्न उपत्यकाभित्र रहेका सबै न्यायाधीशलाई पनि बारले अनुरोध गर्दै उपत्यकाका अदालतमा धर्ना कार्यक्रम ३० कार्तिकसम्म निरन्तरता दिने समेत बताइएको छ । बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै १४ कार्तिकदेखि सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर लगातार धर्ना दिइरहेका छ ।

राणाले आफू संविधान बमोजिम आएकोले बहिर्गमन पनि संवैधानिक व्यवस्थाभन्दा बाहिरबाट नहुने बताउदै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

 

+ posts