राष्ट्रिय जनगणना २०७८ आजबाट शुरु | Jana Aawaj News

राष्ट्रिय जनगणना २०७८ आजबाट शुरु

पढ्न लाग्ने समयः 2 मिनेट
राष्ट्रिय जनगणना २०७८ आजबाट शुरु : Jana Aawaj News

भक्तपुर । नेपालमा हरेक १०÷१० वर्षमा एकपटक राष्ट्रिय जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुख्य जनगणना सुरु भएको छ ।

सोही अवसरमा स्थानीय जनगणना कार्यालय भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रमा खटिएका गणकहरुको तालिम समापन तथा कार्य विभाजन कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणकहरुको जिम्मेवारी पूर्वक गरेको कामबाट राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुहुँदै राष्ट्रिय जनगणनाबाट प्राप्त भएका तथ्यांकबाट मुलुकको जनसंख्या वृद्धि दर, बसाईसराई, सामाजिक, भाषाभाषी, आर्थिक लगायतका विवरणहरु उपलब्ध हुने बताउनुभयो ।
गणकहरुबाट हुने सानातिना गल्तीहरुबाट पनि देशलाई दीर्घकालीन रुपमा समस्या उत्पन्न गराउन सक्नेतर्फ सचेत पार्नुहुँदै प्रमुख प्रजापतिले व्यक्तिगत गोप्यता कायम राख्ने र सत्यतथ्य तथ्यांक उपलब्ध गराउन जनतालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुुभयो ।

जनगणनामा खटिने गणकहरु सभ्य, सुसंस्कृत र अनुशासितका साथै उनीहरुमा स्थानीय भाषाको राम्रो जानकारी हुनुपर्ने भन्दै उहाँले राष्ट्रिय जनगणनाले तीनै तहका सरकारलाई उपयुक्त तथ्यांक प्राप्त हुने बताउनुभयो । कार्यक्रममा उपप्रमुख रजनी जोशीले राष्ट्रिय जनगणना कार्यक्रम निकै संवेदनशील विषय भएकोले गणकहरुले जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुहुँदै देशको लागि योजना बनाउन पनि यस कार्य अति आवश्यक भएको बताउनुभयो ।

त्यसैगरी केन्द्रीय तथ्यांक विभागका निर्देशक महेशचन्द्र प्रधानले जनगणनाको महत्वबारे जनतालाई बुझाउन आवश्यक भएको बताउनुहुँदै सुरुका जनगणना वैज्ञानिक नदेखिए तापनि पछिल्ला दशकदेखि आधुनिक प्रविधि तथा शैली अपनाइएकाले तथ्यांक संकलन विश्वसनीय हुँदै गएको प्रष्ट पार्नुभयो । जिल्ला गणना अधिकारी पृथ्वी विजयराज सिजापतिले बि.सं.१९६८ देखि जंगबहादुर राणाले नेपालमा व्यवस्थित र प्रणालीगत रुपले जनगणना गर्ने कामको थालनी गरेको बताउनुहुँदै तथ्यांक संकलनका क्रममा आवश्यक सहयोगको लागि जनप्रतिनिधिसँग आवश्यक समन्वय गर्न उहाँले मार्गनिर्देश समेत गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले तथ्यांक संकलन कार्यमा जनप्रतिनिधिको तर्फबाट आवश्यक सहयोगको लागि तत्पर रहेको बताउनुहुँदै गणकहरुले गर्ने तथ्यांक संकलन गलत भएमा त्यसबाट सामाजिक प्रगतिमा समेत असर पुग्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं स्थानीय जनगणना समन्वय समितिका संयोजक रामलाल श्रेष्ठले जनगणनाको महत्वमाथि प्रकाश पार्नुहुँदै राष्ट्रिय जनगणना २०७८ सफल कार्यान्वयनको लागि सबैले आआफ्नो ठाउँमा सहयोग गर्नुपर्ने बताउनुभयोे ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न