एमालेको नगरकोटमा घरदैलो कार्यक्रममा तिव्रता | Jana Aawaj News

एमालेको नगरकोटमा घरदैलो कार्यक्रममा तिव्रता

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेको नगरकोटमा घरदैलो कार्यक्रममा तिव्रता : Jana Aawaj News

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ नगरकोटमा घरदैलो कार्यक्रममा तिव्रता दिएको छ ।

निर्वतमान उपप्रमुख तथा प्रत्यासी नगरप्रमुख उम्मेदवार विना बास्तोला र उपप्रमुख रमेश बुढाथोकीको सहभागीतामा सो कार्यक्रम सुरु भएको हो ।

नेकपा एमालेका प्रत्यासी उम्मेदवार, हालका उम्मेदवार र स्थानीयको सहभागितामा नगरकोटको भट्टे डाडामा ट्रिकोण सभा गरि कार्यक्रम सुरु गरिएको हो । सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले आफ्नो कार्यकालमा अधुरो रहेको योजनालाई पुरा गर्न र नया योजनासहित विकास गर्न आफ्नो उम्मेदवार दिएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा नगरकोट वडा नं. ६ मा वडा अध्यक्ष उम्मेदवार बिष्णु तामाङ, खुल्ला सदस्य विजय लामा, रमेश लामिछाने, महिला सदस्य चिनीमाया तामाङ, दलित महिला सदस्य सुनिता सुनारले उम्मेद्वारी दर्ता गरेका छन् ।
अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा सो वडाको वडा अध्यक्षमा नेकपा एमालेका सन्ते वाइबा विजयी भएका थिए ।

+ posts