काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । मण्डनदेउपुर नगरपालिकामा वडाध्यक्षमा एमालेका शिवप्रसाद ढकाल विजयी भएका हुन् ।
एमालेका शिवप्रसाद ढकालले उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले अन्तरले पराजित गर्दै बिजयी हुन सफल भएका छन् । मण्डनदेउपुर नगरपालिका १ मा यसअघिको निर्वाचनमा पनि एमाले नै निर्वाचित भएको थियो ।

अहिलेसम्म वडा नम्बर १ र २ मा मतगणना सकिएको छ । जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिम विजयी भएको छ ।
त्यस्तै मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि रहेका छन्न् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 344428