
नारायण थापा
भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZ को आयोजनामा वृद्धाश्रममा सान्त्वनादायक भ्रमण गर्नुका साथै खाद्यान्न सहयोग गरेको छ ।

कार्यक्रम ललितपूर जिल्लाको ललितपूर उपमहानगरपालिका वडा नं १५ स्थित मञ्जुश्री वृद्धाश्रमा सान्त्वनादायक भ्रमण गरि उक्त आश्रममा रहेका ९ जना बृद्धाहरूलाई खाद्यान्न, उपहार र मनोरञ्जन प्रदान गरिएको हो । छोराछोरीको प्रेमबाट वञ्चित वृद्धाश्रमका आमाहरूलाई सान्त्वना दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

Asian College of Higher Studies को ASEZ क्लबमा आवद्ध विद्यार्थीहरूको अग्रसरतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल महिला संघ भक्तपूरकी जिल्ला सभापति सरू बानियाँले ASEZ का युवाहरूको यो स्वयंसेवा कार्यबाट आफू अन्यन्तै प्रभावित भएको बताउँदै सबै युवाहरूले यो उदाहरणिय कार्यलाई सिक्दै गएमा समाजमा ठूलो परिवर्तन आउने बताउनुभयो ।

ASEZ को परिचयात्मक भिडियोबाट शुरू भएको कार्यक्रम आमाको महान प्रेम र स्नेह सम्बन्धी गित प्रस्तुति गर्दै आमाहरूलाई सान्त्वनादायक उपहार हस्तान्तरण गरि आमाहरूलाई कपाल कोरिदने, नङ पालिस गरिदिने विभिन्न सान्त्वनादायक गतिविधीहरू गरिएको थियो ।
संस्थाका सदस्यहरु मध्ये एक जना नर्सद्वारा आमाहरूको समान्य स्वास्थ्य जाँच समेत गरिएको थियो । विभिन्न मानसकि तथा शारीरिक रोगबाट ग्रसित आमाहरूले युवाहरुले गरेको स्वयं सेवा, न्यायो प्रेम, साथ र सहयोग गरेकोले खुशीको आँशु झार्नुभएको थियो ।
वृद्धाश्रमकी सञ्चालिका मञ्जु थापा मगरले एकल ब्क्भ्श् का स्वयंसेवकहरूको सान्त्वनादायक भ्रमणको निम्ति आभार व्यक्त गर्नुहुँदै आफूलाई ठूलो बल प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा ASEZ का नेपाल संयोजक किशोर साम्होहाङज्यूले विश्वका १७५ राष्ट्रहरूमा विस्तार भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आवद्ध विश्वविद्यालय विद्यार्थीहरूले वातावरण संरक्षण, जनचेतना मूलक कार्यक्रम, प्राकृतिक प्रकोपमा उद्धार कार्य र Mother’s School र Mother’s Street जस्ता विभिन्न अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको अवगत गराउनुभयो । उहाँले माता परमेश्वरबाट पाएको प्रेम र शिक्षा संसारमा बाँड्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउँदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ब्क्भ्श् का सदस्यहरू विश्व भरि आमाको प्रेम बाँड्ने कार्यमा विभिन्न संघसंस्थाहरुसगँ सहकार्य गर्दै निरन्तर स्वयं सेवाको कार्य गरिरहने बताउनुभयो ।
उक्त कार्यक्रममा युवा राजनितिज्ञ सरोज राना र मोडेल भिबा थापाको पनि सहभागिता रहेको थियो । सो कार्यक्रममा २० जना ASEZ सदस्यहरूको सहभागिता थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 305737



