भक्तपुरमा अधिवेशनका लागि एमालेको प्रतिनिधि चयन सम्पन्न | Jana Aawaj News

भक्तपुरमा अधिवेशनका लागि एमालेको प्रतिनिधि चयन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा अधिवेशनका लागि एमालेको प्रतिनिधि चयन सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनको चटारो लागेको छ । जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७० जना रहेका छन् । एमालेका विभिन्न जनसंगठनबाट ४६ जना, सल्लाकार कमिटीबाट २२ जना रहेका छन् ।

नवौं जिल्ला अधिवेशन आयोजक कमिटीबाट १ सय २५ जना प्रतिनिधि रहेका छन् । अहिलेसम्म ४ सय ६१ जना प्रतिनिधि छनोट भइसक्नु भएको छ, संयोजक तिमिल्सिनाले भन्नुभयो । पार्टीको विधिान अनुसार केही प्रतिनिधि मनोनित हुने उहाँले जानकारी दिनुभयो ।

सल्लाघारी चुनदेविसंगै रहेको इम्पेरियल बैंक्वटमा जेठ ३ गते ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्माले ओली अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भएको छ । अधिवेशन भव्य र सव्य बनाउनको लागि हामी विभिन्न समिति बनाएका काम गरिहेका छौं, अध्यक्ष देउजाले जानकारी दिनुभयो ।

३ गते उद्धघाट सत्र सकिएपछि बन्दसत्र सुरु हुने एमालेले जानकारी दिएको छ । ४ गतेसम्म चल्ने अधिवेशनले एमाले भक्तपुरको नेतृत्व चयन समेत गर्ने भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न