भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको परिचल खुलेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ९४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेकी छिन्। ट्रक चालक भने फरार भएका छन् । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक जाँचमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ । घटनास्थलमा उनको झोला र किताब–कापी भेटिएका छन् ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ । अहिले शव उठाइएको छ भने ट्रकलाई पनि घटनास्थलबाट बाहिर निकालिएको छ। आक्रोसित भीडले नजिकैको ट्राफिक आइल्याण्डमा पनि क्षति पुर्याएका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 344639