
जन आवाज सम्वाददाता
बुधबार । परमेश्वरको मण्डली विश्वसुसमाचार समाज विश्वविद्यालय विध्यार्थीहरुको स्वयंसेवक समूह ASEZ द्वारा गठ्ठाघरमा सरसफाइ सम्पन्न भएको छ ।

बुधबार पुर्वान्चल विश्वविद्यालय (PU), भक्तपुर मल्टिपल क्याम्पस (BMC) र कोटेश्वर मल्टिपल क्याम्पस (KMC) मा अध्ययनरत विध्यार्थीहरुले गठ्ठाघरमार्गमा करिब १ किमी सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

UNSDGs को १३ न. अन्तर्गत पर्ने Climate Action बुदाँ भित्र रहेर सरसफाई र कार्बन न्यूनीकरणक सचेतनाको निम्ति सरसफाई गरिएको हो ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ संग समन्वय गरि यो वर्षमा प्रत्येक महिनाको एक पटक गरि १२ पटक सरसफाई गर्ने योजना अन्तर्गत यो तेस्रो पटक गरिएको सरसफाइ हो । आसेजले वरिपरी जनचेतना फैलाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रममा विद्यार्थीहरू कुल ३० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममा करिब १५ बोरा प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।

निरन्तर गरिदै आएको यो विश्वव्यापी वातावरण सरसफाई अभियान संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त ASEZ गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग थियो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन ASEZ ले संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैधानिक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो ।


-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 295990



