
काठमाडौं । अब बजारमा सस्तो मूल्यको साथै गजबको ब्याट्री व्याकअप भएको ठूलो डिस्प्लेसँगै बजेट अनुसार क्षमतावान प्रोसेसर भएको ‘रियलमी सी २१’ फोन आएको छ ।।
जम्माजम्मी मात्रै १७ हजार रुपैँयाको यो फोनले बजेट अनुसारका सबैलाई फाइदा पु¥याउने छ । सो फोन ६.५ इन्चको ठूलो डिस्प्लेमा कन्टेन्टहरु हेर्न सकिने छ भने, यो सगैं अनलाइन क्लास वा मिटिङमा प्रस्तुत गरिएका प्रेजेन्टेसन हेर्न पनि ठूलो डिस्प्लेमा सजिलो हुने भएको छ ।
यो फोनको १९० ग्राम तौल रहेको छ भने, स्लिम लुक्स र ब्याक कभर स्टाइलिस रहेको छ । जसमा रहेको प्याट्रनका कारण औंलाका छाप र धब्बाहरु पनि नबस्ने बताइएको छ ।

फोनको बटम साइडमा ३.५ एमएमको अडियो ज्याक, माइक र चार्जिङका लागि पोर्ट रहेको छ । दायाँ साइडमा अधिकांश स्मार्टफोनको जस्तै पावर की र भोल्युम की रहेको छ । लेफ्ट साइडमा सिम ट्रे छ भने, जसमा दुइवटा सिमसँगै एउटा एसडि कार्ड राख्न सकिन्छ ।
६४ जिबी इन्टरनल स्टोरेज भएको यो फोनमा पछाडी पट्टी तीनवटा क्यामेरा छन् त्यी मध्ये मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ भने २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलकै लेन्स छ । जसले मुख्य क्यामेराको फोटोलाई राम्रो बनाउन सहयोग गर्ने छ ।
उक्त फोन १७ हजार रुपैँयामा ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको यो फोन ग्राहकका लागि उपयुक्त मानिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related




















Total views : 355815










