कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन | Jana Aawaj News

कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन

पढ्न लाग्ने समयः < 1 मिनेट
कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई गए राती सम्बोधन गर्नुभएको छ ।

आयोजना गरिएको उक्त सम्मेलनमा बाइडेनले विश्वका विभिन्न नेताहरु मध्य नेपालले पनि सहभागिता जनाएकोे हो ।

सो सम्मेलमा देउवाले सम्बोधन गर्दै नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह ८० प्रतिशतलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको थियो ।
यस्तै खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड १९ महामारी नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न