वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

१५९ पिन्ट रगत संकलन

पढ्न लाग्ने समयः 4 मिनेट
वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेल पार्कमा  बिहिबार ६८६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम अभियान सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ठुलो संख्यामा रक्तदाताको उपस्थिती देख्दा अत्यन्तै उत्साहित हुँदै संस्थाप्रती लगातार प्रशम्सा गर्नुभयो ।  यहाँ उपस्थित हुन पाउदा अत्यन्तै खुशी लागेको बताउदै सेवाको मन सबैमा हुन्थ्यो भने स्वत: संसारमा शान्ती स्थापित हुने थियो, मैले जानकारी पाए अनुरुप तीन सय पटक भन्दा बढी रक्तदान गरिसक्नुभयो । रक्तदान गर्नु जिवनदान गर्नु हो। जुन यहाँहरुले गरिरहनुभएको छ। साच्चै यस्ता महान मानव पनि हाम्रो समाजमा देख्दा म यहाँहरुलाई सम्मान गर्छु तपाईंहरुले रगत दिएर जीवन मात्र नभएर रक्तदान गर्दा केही समस्या हुँदैन रगत दिदा झन स्वस्थ भईन्छ भन्ने जनचेतना पनि फैलाउने गतिलो अभियान पनि उद्घघोष गर्नुभएको छ। सकारात्मक सोचको म्यासेज प्रवाह गर्ने यती ठुलो संख्यामा युवाहरु देख्दा धेरै अचम्मित भए हाम्रो समाजमा सकारात्मक भावना विकास साथै संस्थाको उदेश्य पवित्र लाग्यो यो संस्थासँग आउँदा दिनहरुमा सहकार्य गर्नेछौ भन्दै प्रतिवद्दता व्यक्त गर्नुभयो।


अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङको सभा-अध्यक्षतामा भएको थियो। मृत्‍युको मुखमा पुगेका मानवजातिलाई जीवन दिन वीलभयू फाउन्डेसनले यो कार्यक्रम विश्वव्यापीरुपले आयोजना गरेको हो, वीलभयू फाउन्डेसन सामूहिक रक्तदानद्वारा जीवनको मूल्यको कदर गर्ने सङ्गठन पनि हो यस संस्थाकी अध्यक्ष “जाङ गिल जा” ज्यू हुनुन्छ भन्दै जानकारी दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले जनवरी ३० तारिखमा लुम्बिनी प्रदेशस्थित नेपालगञ्जमा बृहतरुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने आज फेब्रुअरी ५ तारिखमा बागमती प्रदेशस्थित ललितपुरको जाउलाखेलमा पनि अमूल्य जीवन बाँड्ने कार्यक्रम आयोजना गरेको हो र आउने फेब्रुअरी १० तारिखमा चाहिँ बागमती प्रदेशस्थित चाँगुनारायणमा आयोजना गर्ने योजना रहेको छ सभा-अध्यक्ष किशोर सम्सोहङले भन्नुभयो ।


वीलभयूका एक जना अधिकारीका अनुसार, “रक्त अभावले गर्दा जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नैरक्तदान हो। जीवनको कदर गर्दै जीवन बचाउने कार्यमा सदस्यहरू एउटै चित्तका भएका छन्। यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।”
कार्यक्रममा रक्तदाताहरुको मनोवल बढाउन छात्राहरुले सुन्दर नृत्य  प्रदर्शन गरेका थिए।


रक्तदान कार्यक्रममा ललितपुर लगायत काठमाडौंको विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब २०० जना सहभागी भएका थिए भने नेपाल रेडक्रस सोसाइटीले सामूहिक रक्तदानप्रति आभार व्यक्त गर्दै स्वास्थ्य जनशक्ति तथा उपकरण र रक्तदाताहरूका निम्ति खाजाको प्रबन्ध मिलाएको थियो।
बिहीवार बिहानै ९ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह २ बजेसम्म संचालन भएको थियो। कार्यक्रमा १५९ जनाले रक्तदान गरेका थिए ।


वीलभयूका अर्का एक जना अधिकारीले भने, सन् २००४ मा कोरियाबाट सुरु भएको ‘रक्तदान अभियान’ एक व्यक्तिबाट सुरु भएको प्रेमपूर्ण कार्य दुई जना, चार जना गर्दै बढ्दैगएर सम्पूर्ण मानव-जाति सहभागी होऊन् भन्ने आशाका साथ आयोजित विश्वव्यापी जीवन बचाउने अभियान हो। यो वर्ष २२औँ वर्षमा प्रवेश गर्दै गर्दा ६४ वटा देशबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन्। नेपालमा पनि वीलभयूले काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ।
वीलभयूले विभिन्न पक्षबाट मानव कल्याणका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। वीलभयूले बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न ठाउँमा विद्यालयको खेल मैदानको लागि जग्गा खरिद रकम सहयोग, बहुउद्देश्यीय हल निर्माण, साइनबोर्ड स्थापना तथा घेराबार निर्माण, शैक्षिक सामग्री र पाठ्यपुस्तक सहयोग जस्ता थुप्रै सहयोग गरेर भावी पुस्ताको शैक्षिक वातावरण सुधार गर्नमा कडा मेहनत गर्दै आएको छ।


वीलभयूले वातावरण कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’ र ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत सडक र पार्कहरूलाई सजाउने कार्य पनि गरेको छ। योचाहिँ वृक्षारोपण गरेर विश्वव्यापी तापमान वृद्धिको मुख्य कारक हरितगृह ग्याँसलाई न्यूनीकरण गर्ने वातावरणीय गतिविधि हो। वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको वीलभयूका अर्का एक अधिकारीले जानकारी दिए।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले लुम्बिनी प्रदेशको रुपन्देहीमा भारी वर्षाले क्षतिग्रस्त भएको घर निर्माणमा सहयोग, कोभिड-१९ को महामारीलाई जित्न क्वारेन्टाइन सामग्री सहयोग, २०७२ सालको भूकम्पका बेला पीडितहरूका लागि राहत कार्यमा सहयोग जस्ता कार्यहरू गरेर राष्ट्रिय विपद्को सामना गर्नमा पनि वीलभयूले सक्रिय रूपमा सरिक हुँदै आएको छ। यस्ता विविध गतिविधिहरू गरेबापत वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाटप्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्रसमेत प्राप्त गरेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग(UNDGC)सँग सहकार्य गर्ने  गैरसरकारी संस्था हो, र ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण,आपत्‌कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न मानव कल्याणका गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् ।

+ posts