
एजेन्सी । जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्ने भएका छन् । पछिल्लो १६ वर्षमा पहिलोपटक निर्वाचन हुन लागेको सो क्षेत्रमा जर्मन चान्सेलर एन्जेला मर्केलले उम्मेदवारी नदिएकी हुन् ।
सो निर्वाचनमा कुन पार्टीको जित हुन्छ र को नयाँ चान्सेलर बन्छ भन्ने अन्वल बढेको छ । निर्वाचनमा कुन पार्टीले स्पष्ट बहुमत ल्याउँछ वा गठबन्धन सरकार बन्छ भनेर विषयमा पनि उत्तिकै कौतुहलता बढेको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले सोशल डेमोक्रेटिक पार्टी एसपिडी र कन्जरभेटिभ क्रिष्ट्रियन डेमोक्रेटिक युनियन सिडीयुबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
यसपटकको निर्वाचनमा जलवायु परिवर्तनको मुद्दालाई कडाईका साथ उठाईएको छ । यस्तै सामाजिक खर्च र न्युनतम तलब बढाउने विषय, जर्मनीको डिजिटल पूर्वाधारलाई बलियो बनाउने विषय र नाटो गठबन्धनमा जर्मनीको भूमिका लगायत विषयहरुमा समेत उम्मेदवारले जोडदारका साथ अघि बढाएका छन् ।
आज आइतबार स्थानीय समयअनुसार ६ बजे मतदान सकिएपछि निर्वाचनको नतिजा आउने क्रम भने रातभर चल्ने बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 296048



