प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट | Jana Aawaj News

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने-घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेट्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरु रमेश रजक र दिनेश रजकलगायत सहभागीता रहेको थियो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न