जन आवाज न्युज /भक्तपुर, चैत्र २० । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज भएका छन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा डिस्चार्ज भएका हुन् ।
देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले देशको नियमित दुइ तिहाई कलेजो प्रत्यारोपण गर्ने गरेको छ । केन्द्रमा जम्मा रु. १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ जुन संसारमै सबै भन्दा कम शुल्क मध्येमा पर्छ ।

केन्द्रले आफ्नै भवन विना सिमित जनशक्तिका बाबजुत पनि देशको सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने संस्था हो र केन्द्रलाई उपयुक्त जग्गा उपलब्ध गराउन सके आफ्नै स्रोत साधनबाट ३०० बेडको भवन निर्माण गर्ने योजना बनाएको छ ।
हाल वार्षिक करीब २०० जनाको मृर्गौला र १५ जनाको कलेजो प्रत्यारोपण गरिरहेको यस केन्द्रलाई अन्य संस्था जस्तै शैक्षिक प्रतिष्ठान बनाउन सके ३०० प्रतिशत थप कलेजो तथा मृर्गौला प्रत्यारोपण गर्ने सक्ने लक्ष्य लिएको अस्पतालले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351280