लामो दूरीको बस आजबाट संचालनमा | Jana Aawaj News

लामो दूरीको बस आजबाट संचालनमा

दशैंमा घर फर्किनका लागि धमाधम टिकट बुकिङ गर्दै यात्रुहरु

पढ्न लाग्ने समयः < 1 मिनेट
लामो दूरीको बस आजबाट संचालनमा : Jana Aawaj News
दशैंको लागि आफ्नो घर फर्कने यात्रुहरु टिकट बुकिङ गर्दै ।

 

काठमाडौं । नेपालीहरुको महान पर्वनजिकिए सगैं उपत्यकाबाट बाहिरिने यात्रुहरुले धमाधम टिकट बुकिङ गरिरहेका छन् । नजिकिदै गरेको पर्व बडा दशै मनाउनका लागि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुले पछि बसपार्कहरुमा यात्रसहरुको भिड लागेको हो ।

दशैंमा आफ्नो घर जाने यात्ररहरुका लागि कतिपय यातायात व्यवसायीहरुले अनलाइन मार्फत पनि टिकट बुकिङको व्यवस्था गरिएको व्यवसायिहरुले बताएका छन् ।

गत बिहिबार यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग छलफलमा बसेर आजबाट लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेसगैं आज असोज ११ गतेबाट टिकट बुकिङ खुला गरिएको हो ।

यातायात व्यवसायीले यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको कारणले सवारी साधन सञ्चालन गर्न समस्या भएकाले सवारी साधन चलाउनका लागि सडक मर्मत पश्चात दशैंमा टिकट बुकिङ खुलाउने बताएका थिए ।

 

छलफलका क्रममा महासंघले भाडा समायोजन गर्नुपर्ने बताउदैं संघीय सरकारले गरेको निर्णय कतिपय प्रदेश सरकारले अझै पनि भाडा समायोजन नगरेका कारणले भाडा समायोजन तत्काल गरी सवारी साधन संचालन गर्न माग गरेको छ ।

 

 

+ posts