“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो” | Jana Aawaj News

“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

पढ्न लाग्ने समयः < 1 मिनेट
“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो” : Jana Aawaj News

महोत्तरी, १२ जेठ । मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल ‘जेबी’ले ‘मधेश-महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।

पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।

‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ ।
“हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन -अभियान थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न