‘हाम्रो वडा, हाम्रो आवाज’ नाराका साथ सूर्यविनायक-४ मा सार्वजनिक सुनुवाई सम्पन्न | Jana Aawaj News

‘हाम्रो वडा, हाम्रो आवाज’ नाराका साथ सूर्यविनायक-४ मा सार्वजनिक सुनुवाई सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
‘हाम्रो वडा, हाम्रो आवाज’ नाराका साथ सूर्यविनायक-४ मा सार्वजनिक सुनुवाई सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेस्ठ, २५ गते । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा नागरिक उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको प्रवद्र्धन गर्न आयोजित वडागत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार गाम्चामा सम्पन्न भयो ।

‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नाराका साथ आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम ‘राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)’को आयोजना तथा सूर्यविनायक नगरपालिका, कटुन्जे भक्तपुरको सहकार्यमा सम्पन्न भएको हो ।

सूर्यविनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष लछुराम न्यौपानेले वडाको विकास, सेवा प्रवाह र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो तीनवर्षे कार्यकालमा उल्लेखनीय कामहरु सम्पन्न गरिएको बताए ।

आइतबार गाम्चामा सम्पन्न वडागत सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अगाडि बढाइएका योजनाहरूको विवरण प्रस्तुत गर्दै, ‘जनताको करले संचालित वडाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्छ भन्ने मान्यताबाट काम गर्दै आएको छु’ भन्ने धारणा राखे । सुनुवाई कार्यक्रममा एक दर्जन भन्दा बढी वडाका बासिन्दाले प्रश्न र गुनासो ब्यक्त गरेका थिए । त्यसमध्ये टोल विकास समितिका अध्यक्षहरु, पूर्व सुरक्षाकर्मी तथा पूर्व कर्मचारीहरुको संख्या धेरै थियो ।

कार्यक्रममा वडा सदस्य विदुर खड्का, तारा खतिवडा (सापकोटा) तथा वडा सचिव माधवराज घिमिरेले वडामा सम्पन्न विकास योजनाहरू र सेवा प्रवाहका विषयमा विवरणसहित जवाफ दिएका थिए ।

नगरका बरिष्ठ इन्जिनियर जनक न्यौपानेले भौतिक संरचना, ढल निकास र खानेपानीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएका थिए ।

त्यस्तै, दधिकोट बृहत्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी खड्काले खानेपानीका सवालमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । दधिकोट प्रहरी प्रभागका प्रमुख माधव डाँगीले हालै वडामा बढेका चोरीका घटनाबारे जानकारी दिँदै प्रहरीले अनुसन्धान गरिरहेको र चाँडै चोरहरुको पहिचान गर्ने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा एक दर्जन पत्रकारहरू पनि उपस्थित थिए । पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले मन्तव्य राख्दै यस्तो सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र जनतालाई नजिक ल्याउने काम गर्ने बताए । कार्यक्रममा सार्वजनिक सुनुवाईको औचित्यबारे सञ्चारकर्मी दिवस गुरागाईंले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन हेमराज ढकालले गरेका थिए भने समापन मन्तव्य एनएमसी अध्यक्ष तथा कार्यक्रमका सभापति पेशल आचार्यले ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सञ्चार केन्द्र नेपालका उपाध्यक्ष पुष्करराज बुढाथोकीले राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमले वडा नं. ४ लाई ‘गाउँ गाउँमा सिंहदरबार’ अवधारणाअनुरूप उत्तरदायी र नागरिकमुखी सेवा प्रवाहको अभ्यासमा अग्रसर बनाउने संकेत दिएको सहभागीहरूको प्रतिक्रिया थियो ।

+ posts

 

 

ताजा
1 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
3 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
4 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न