जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित ‘क’ वर्गीकृत विद्यालय शंकर नेशनल स्कुलले हरेक महिना पाठ्यक्रममा आधारित विभिन्न क्रियाकलापहरु गर्दै आईरहेको छ र सोही सन्दर्भमा यस स्कूलका कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरुले मासिक प्रदर्शनी कार्यक्रम अन्तर्गत मासिक विज्ञान प्रदर्शनी गरेका छन् ।
उक्त प्रदर्शनीमा झण्डै १६ वटा स्टलहरु राखिएको थियो । कक्षा १ का नानीबाबुहरुको लागि यो नौलो र पहिलो प्रयास पनि थियो र सम्पुर्ण नानीबाबुहरुको सक्रिय सहभागिता पनि रहेको थियो ।
उक्त प्रदर्शनी अवलोकन तथा अध्ययनका लागि सम्पुर्ण कक्षाहरु प्रि-स्कूलदेखि २०८२ को एसईई तयारी गरिरहेका नानीबाबुहरुको समेत सहभागिता रहेको थियो ।

उक्त प्रदर्शनीमा हरेक विषयका शिक्षकहरुको सहयोग र नानीबाबुहरुको पुर्ण सक्रियता र सहभागिताको कारण यो कार्यक्रम पूर्ण उपलब्धीमुलक भएको र हरेक महिनामा सिकेका विषयवस्तुहरुलाई व्यवहार र अभ्यासका लागि यस्तै प्रकृतिका कार्यक्रम अति नै उपयुक्त हुने विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो ।
उहाँले यस प्रदर्शनीमा ज्वालामुखी देखि स्मार्ट सिटी सम्म भौतिक शास्त्र र रसायन शास्त्रलाई अलि बढी जोड दिइएको पनि जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 344629