दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन | Jana Aawaj News

दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा-४ मा रेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा रुपान्तरण हुने भएको छ ।

यसका लागि बागमती प्रदेश सरकारबाट नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै गत वर्षको पौष महिनामा स्वास्थ्य केन्द्रको निरीक्षणका क्रममा आउनुभएका बागमती प्रदेशका स्वाथ्यमन्त्री किरण थापाले प्राथमिक स्वास्थ्य केन्द्र’ को अण्डरग्राउण्ड पार्किङ सहितको भवन निर्माण गर्ने, यसलाई नगरपालिकाको आधारभूत अस्पतालको रुपमा रुपान्तरण गरि सञ्चालन गर्ने तथा नयाँ आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सोहि अनुरुप उक्त बजेट विनियोजन गरिएको छ ।

तालिका सहित :

+ posts