
जन आवाज न्यज/भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीदेखि डोलेश्वर मन्दिर हुँंदै आशापुरीसम्म जाने अटोमोवाइल्स मंगलबारदेखि सञ्चालनमा आएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतका अनुसार करिब एक वर्षदेखिको निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको बताउनुभयो । यसअघि पाँचदेखि १० किलोमिटरको दुरी वडाबासी भक्तपुर नगरपालिका क्षेत्र आउन पैदल हिड्नुपर्ने बाध्यता थियो । साथै अपर्झट जानुपर्नेलाई पनि ट्याक्सीमा एक हजारबढी रपैयाँ तिरेर जानुपर्ने बाध्यता अब हटेको बताउदै अहिले रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँगको सहमतिमा सस्तो भाडादर कायम गरिएको संचालकले जानकारी गराएको छ ।

यसअघि सुगम तर सिधा यातायात संचालन नभएपछि यस क्षेत्रका स्थानीयले दुःख पाइरहेका थिए । स्थानीयको जनगुनासो आएपछि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले एक समारोहबिच उक्त कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो ।
जगातीदेखि डोलेश्वर मन्दिर हुँंदै आशापुरीसम्म साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो । साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेका प्रबन्ध निर्देशक प्रल्हाद दाहालले ग्रामिण भेगका जनताको हितका लागि सेवा सुरु गरेको बताउदै अटोमोवाइल्सको सञ्चालनको लागि भक्तपुरमा जिम्मा पाएका अटोमोवाइल्स भक्तपुरका प्रबन्ध निर्देशक संगम लामाले थप ठाउँंहरुमा पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । यसअघि यही अटोमोवासले आदर्श र सूर्यविनायकबाट गरी दुई ठाउँंहरुबाट सेवा सञ्चालन सुरु गर्दै आएको छ ।
दुवै ठाउँ पाँच–पाँच वटा गरी दश वटा अटोमोवाइल्स सञ्चालनमा आएको बताइएको छ । बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 352630










