
जन आवाज न्युज/भक्तपुर । असार, २८ गते । नेसनल प्याव्सन भक्तपुरको आयोजना र मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा एसईई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई मा भक्तपुर जिल्लाभरीबाट ४ जिपिए ल्याउने ३० जना र नेसनल प्याव्सनका सदस्य विद्यालयबाट एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा कक्षा ११ अध्ययनका लागि भक्तपुर नै उपयुक्त गन्तव्य भएको सरोकारवालाहरूले बताएका छन् । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्मान कार्यक्रमका वक्ताहरूले उत्कृष्ट शिक्षाका लागि भक्तपुर उचित गन्तव्य सावित भइरहेको उल्लेख गर्दै कक्षा ११ का लागि भक्तपुर छोड्न नपर्ने निष्कर्ष निकालेका हुन् ।
नेशनल प्याब्सन भक्तपुरले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि थापाले नेसनल प्याव्सन भक्तपुरले गरेको बधाई कार्यक्रमले विद्यार्थीहरुका लागि थप हौसला प्रदान गरेको बताउनुभयो । अतिथि सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले पनि कार्यक्रमको प्रसंशा गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।

उक्त एसईई बधाई एवं सम्मान कार्यक्रममा सहकार्य गरेको नयाँ थिमी स्थित मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशीले भक्तपुरमा सुविधा सम्पन्न एवं अन्तर्राष्ट्रिय स्तरको प्लस टुरकलेज सुरु गरेको दावी गर्दै विद्यार्थीहरुलाई कलेज भिजिट गर्न पनि सुझाव दिनु भएको थियो ।
शिक्षाकर्मी एवं नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जिबी खड्का, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, हिसान भक्तपुर अध्यक्ष अनिल कसपाल, प्राविधिक एवं व्यवसायिक विद्यालय संघका राष्ट्रिय अध्यक्ष राम हाडा लगाएतले कक्षा ११ सञ्चालनको सम्पूर्ण पूर्वाधार तयार भइसकेकोले उत्कृष्ट शिक्षाका लागि अन्त भौंतारिनु नपर्ने बताउनुभयो ।
आयोजक एनप्याब्सनका अध्यक्ष संजय खड्काले सबैतिर ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई मात्र बधाई एवं सम्मान भइरहेकाले अन्य उत्तीर्ण विद्यार्थीहरुको मिहिनेत पनि उत्तिकै रहेको र उनीहरु पनि यो देशका मेरुदण्ड हुन् त्यसकारण आफ्ना सदस्य विद्यालयबाट एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई एवं सम्मान गरिएको बताउनुभयो ।
नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक एवं बरिष्ठ संचारकर्मी ऋषिकेष श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रम सेराटन बैक्वेट जगातीमा सम्पन्न भएको थियो । एनप्याब्सन भक्तपुरले हरेक वर्ष एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आएको एवं आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गरिने कार्यक्रम संयोजक दिनेश शाक्यले बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351548










