
जन आवाज न्युज/भक्तपुर । विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नका लागि कक्षा ४ ५ ६ र ७मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई त्रैमासिक रूपमा अनिवार्य कुनै एउटा पुस्तक पढी सो पुस्तकको समीक्षा गरी प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
सोही अनुसार प्रथम त्रैमासिक पुस्तक समीक्षा कार्यक्रममा प्रत्येक कक्षाबाट तीनजना सबभन्दा राम्रो पुस्तक समीक्षा गर्नुहुने विद्यार्थीहरूलाई Ozan books distributor का व्यवस्थापक श्री पुष्पतम श्रेष्ठज्यूले पुरस्कार प्रदान गर्नुभयो। र पुरस्कार जित्न सफल विद्यार्थी भाइबहिनीहरूमा कक्षा ४ बाट आस्था श्रेष्ठ, सुप्रिया थापा र पूजा राजभण्डारी, कक्षा ५ बाट प्रकृति सिंह ठकुरी, स्वस्तिका श्रेष्ठ र इभिलिन श्रेष्ठ, कक्षा ६ बाट युलन राई, प्राञ्जल कार्की र टिसुभान श्रेष्ठ, कक्षा ७ बाट श्रीजी हेक्का, रिहाना श्रेष्ठ र निलिसा बज्राचार्य रहेका छन् ।

पुरस्कार जित्न सफल विद्यार्थी भाइबहिनीहरूलाई बधाई ज्ञापन गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले पुस्तक समीक्षा कार्यक्रमबाट विद्यार्थी भाइबहिनीहरूमा पठन संस्कृतिको विकास हुनुका साथै लेखन शैलीमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले पुरस्कार स्पोन्सर गरिदिनुभएकोमा वजन बुक्स डिस्ट्रिब्युटरलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351283










