
काठमाडौं । आज विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार कमजोर बनाउने काम गरेको आरोप लगाउनु भएको छ । छन् ।
त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यस अगाडि अध्यक्ष ओलीले एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना रहेको बताएका छन् ।
यस्तै आफू नेतृत्वको सरकार कमजोर भएको बताउँदैं अध्यक्ष ओलीले पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने र सरकारले गरेको कामको समेत प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने भित्रभित्रै खेल भएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै ओलीले दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि आफ्नो निवासलाई समेत ‘हेडक्वाटर’ बनाएको बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295988



