
काठमाडौं । एभरेस्ट प्रिमियर लिग चौंथो संस्करणको इपिएलमा आइतबार दुई खेल हुने भएका छन् ।
आज हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स ११ बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमो पहिलो प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार हुने उक्त खेलमा सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न कोसिस गर्ने छ भने, काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।
उता करण केसी कप्तानीमा रहेको विराटनगर लगातार ४ पराजय बेहोर्दै प्रतियोगिताबाट नै बाहिरिएको छ ।
आज दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा चितवन टाईगर्स र ललितपुर प्याट्रियट्स एक अर्कासँग भिड्ने भएका छन् ।
प्ले अफमा पुगिसकेको सोमपाल कामी कप्तान रहेको चितवन आफ्नो अपराजित यात्रालाई कायम राख्दै लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यता ललितपुर प्ले अफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ भने, कुशल भुर्तेलको कप्तानीमा रहेको सो टोलिले ४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295927



