विनायकमा जापानीज पाहुनाहरूको स्वागत | Jana Aawaj News

विनायकमा जापानीज पाहुनाहरूको स्वागत

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायकमा जापानीज पाहुनाहरूको स्वागत : Jana Aawaj News

रशिला थापा

भक्तपुर । भक्तपुर शिक्षालाई संस्कार र अनुशासनसँग जोडी आजका हरेक बालबालिका भोलिका विश्व नागरिक बनाउन युगानुकूल गुणस्तरीय एवं वैज्ञानिक शिक्षा प्रदान गर्न लागि परेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ कार्तिक २६गते जापानका विशिष्ट व्यक्तिहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेकाे थियाे ।

विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको विशेष निमन्त्रणामा भ्रमण टोलीमा नेपाल जापान मैत्री संघका अध्यक्ष हिरोनी इसीवोका, जापानकाेओट्सुकी सहरका मेयर नोबुयासी कोबुयासी,त्यस सहरका मुख्य सचिव कोजुया सुकीमोतो, हुकुतो सहरका पोलिसी डाइरेक्टर हाजिमे ओसिवा, जापानका उद्योग एवं पर्यटन विभागका निर्देशक सिन्जी यामादा सहितको टोलीले संस्कृति कला एवं विद्यार्थीहरूको प्रतिभा अवलोकनका लागि उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट पाहुनाहरुले नेपाल बुद्धको भूमि भएकोले बुद्धका मार्गदर्शक सिद्धान्त,आफ्नो मौलिक कला संस्कृति ,प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवं अनुसरण गर्न सकेमा तथा अनुशासित र संस्कारी जीवन अवलम्बन गर्न सकेमा धेरै अगाडि बढ्न सकिने कुरा बताएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले नेपाल जापान सम्बन्ध एवं सांस्कृतिक तथा शैक्षिक आदानप्रदान कार्यक्रमबाट भाषा तथा विज्ञान र प्रविधि अनि जापानको विकास र गौरवको सबैले अनुकरण गर्न सके प्रकृतिको राजधानीका रूपमा रहेको नेपाल समृद्ध बन्न सक्ने विचार व्यक्त गर्नुभएको थियो।

साथै उहाँको संयोजनमा यही कार्तिक २ गतेदेखि कार्तिक १७ गतेसम्म भएको शैक्षिक तथा सांस्कृतिक अवलोकन भ्रमणका क्रममा जापानी जनताहरूले देखाएको सदासयताप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नेपाल जापानका झण्डासहित विशिष्ट पाहुनाहरूलाई अष्टमात्रीका नृत्य तथा नेपाली- नेवारी बाँसुरीका धुनका माध्यमबाट आफ्नो विशिष्ट पहिचान प्रस्तुत गर्दै उहाँहरूलाई नचाएका थिए।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न