भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम  | Jana Aawaj News

भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम 

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम  : Jana Aawaj News

भक्तपुर । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ।

नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने एक ऐतिहासिक मञ्च बन्यो। प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा आफ्ना कथा र कला कौशललाई जीवन्त रूप दिनुभयाे। निर्णायक मण्डललाई समेत प्रभावित पार्दै, ऋतम्भरा पाठशालाले प्रतिष्ठित प्रथम स्थान हासिल गरेकाे थियाे। त्यसैगरी, ईडेन गार्डेनले दोस्रो र संस्कार गुरूकूलले तेस्रो स्थान प्राप्त गर्न सफल भए भने विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान पाएकाे थियाे। कलाकारिताको उत्कृष्ट नमुना प्रस्तुत गर्दै, आरक्षण नेसनल स्कुलकी छात्रा यूनिशा खत्रीले ‘उत्कृष्ट कलाकार’ को उपाधि चुमिन्। अन्य सब-टाइटल अवार्डहरूमा पाथिभरा एकेडेमीले उत्कृष्ट प्रस्तुति, क्वालिटी स्कुलले उत्कृष्ट निर्देशन, यूनिटी स्कुलले उत्कृष्ट सन्देश, जागृति विद्या सदनले उत्कृष्ट मञ्च व्यवस्थापन र संस्कार गुरूकूलले उत्कृष्ट कथाको अवार्ड हात पारेका थिए। कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य निर्णायक, वरिष्ठ रङ्गकर्मी केदार श्रेष्ठले विद्यालय स्तरमा भएको यो नाटक प्रतियोगितालाई ‘सम्भवतः पहिलो र साहसिक अनुभव’ भन्दै आयोजकको खुलेर प्रशंसा गर्नुभयाे।

उहाँले यस्ता पहलहरूले युवा पुस्तामा कलाप्रतिको समर्पण बढाउने बताउनुभयाे। नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नाटक केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने सशक्त माध्यम भएको र यसले समाज र राष्ट्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । मदरल्याण्ड स्कुलकी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न यस प्रतियोगिताको निर्णायक मण्डलमा प्रख्यात नायिका तथा नाटक प्रशिक्षक आरती गौतम र प्रतिभाशाली थिएटर कलाकार एडेन बात्री रहेका थिए। कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालका अनुसार, नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार, पदाधिकारीहरू र विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उत्साहजनक उपस्थिति थियो।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न