पूर्व फिफा रेफ्री लव खत्रीको निधन | Jana Aawaj News

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

पढ्न लाग्ने समयः < 1 मिनेट
पूर्व फिफा रेफ्री लव खत्रीको निधन : Jana Aawaj News

काठमाडौं । नेपालका फिफा रेफ्री लव खत्रीको सोमबार बिहान निधन भएको छ । आज बिहान मर्निङ वाक बाट फर्किएपछि घरको बाथरुममा लडेर उनको निधन भएको हो ।

गत वर्ष मात्रै रेफ्रीको जिम्मेवारीबाट संन्यास लिएका उनी नेपाली घरेलु खेलकुदमा र अन्र्तराष्ट्रिय खेलकुदमा उनी निकै लोकप्रिय रेफ्री रहेका थिए ।

करिब १५ वर्ष खेलाडी जिवन पश्चात उनले रेफ्रीको भूमिकामा घरेलु तथा अन्र्तराष्ट्रिय फुटबलमा आफ्नो राम्रो पहिचान बनाउन सफल रहेको थिए ।

उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेर लामो समय रेफ्रीको भूमिका निभाएका खत्री रेफ्रीबाट संन्यास लिएपछि उनी अखिल नेपाल फुटबल संघको रेफ्री डाइरेक्टरको जिम्मेवारी प्राप्त गरेका थिए ।

खत्रीकोे ५० वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती र एक छोरा रहेका छन् ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न