भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान | Jana Aawaj News

भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एंव छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार शैक्षिक सत्र २०७८÷७९ मा छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरुलाई एक समारोहबीच छात्रवृत्ति छनोट सिफारिस पत्र प्रदान गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीको आचरण, व्यवहार र संस्कारले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुहुँदै विद्यार्थीहरुमा देश र समाजको निम्ति काम गर्ने भावना हुनुपर्ने बताउनुभयो ।

अरुको देखासिकी र प्रशंसामा रमाउने विद्यार्थीहरुले प्रगति गर्न नसक्ने बताउनुहुँदै प्रमुख प्रजापतिले शारीरिक र मानसिक रुपमा स्वस्थ व्यक्तिले समाज र देश परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्नुका साथै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, भाषालगायतका विषय अध्ययन गर्ने विद्यार्थीहरु छात्रवृत्ति प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न नपाले सातवटा कलेज सञ्चालन गरिरहेको र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको समेत बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवंव छात्रवृत्ति छनौट समितिका सदस्य उकेश कवांले विद्याथीृहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरको शैक्षिक विकासमा नपाबाट सञ्चालित कलेजहरुको विशेष योगदान रहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यमा विद्यार्थीहरुले आफ्नोतर्फबाट भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । ख्वप माविका प्रअ प्रकाशकुमार धौबजी श्रेष्ठले छात्रवृत्ति पाएका विद्यार्थीहरुले सार्थकताका साथ अध्ययनमा जोड दिँदै सामुदायिक भावना उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्श आजाद, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५ जना, व्यवस्थापन विषयका ४८ जना, कानुन विषयका ४, शिक्षा विषयका ६ जना र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न