
जन आवाज न्युज/भक्तपुर, फागुन ४ गते । ‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्दै भक्तपुर क्षेत्र नं. २ मा घरदैलो अभियानको शुभारम्भ भएको छ ।
देश विकास र जनताको हितको निमित्त एमाले सदैव अगाडी सरेको छ । ‘देशले खोजेको र जनताले रोजेको पार्टी एमाले’ भन्ने नारासहित यही फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारमा भक्तपुर क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं। ५ बाट घरदैलो अभियानको शुभारम्भ गर्नुभएको छ ।

निर्वाचनको प्रचारप्रसार र घरदैलो अभियानमा स्थानीयबासीले उम्मदेवार महेश बस्नेतलाई टिका फूलमाला र खादा लगाएर सम्मानसहित नेकपा एमाले नै यस भक्तपुर क्षेत्र नं।२ को विकास र उज्जवल भविष्यको आशाको किरण हो भनी हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
एमाले सरकारको नेतृत्वमा भएको विकास, स्थानीयबासीको बिश्वास र उनीहरुको मन जितेर विकासका काममा लागि पर्नुभएको बस्नेतले स्थानीयबासीको साथ र सहयोग अनि विश्वासका कारण फेरि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
प्रचारप्रसार अभियानमा उम्मेदवार बस्नेतले स्थानीयबासीको मर्म र पूर्व सांसदले यथावत छोडिदिएका कार्यहरुको गुनासो सुन्दै बाकी कार्यहरु छिटै पुरा हुने बताउनुभएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 357585












