विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न | Jana Aawaj News

विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न : Jana Aawaj News

भक्तपुर । विनायक शिक्षा निकेतनको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विनायक शैक्षिक प्रदर्शनी को उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा. चेतनाथ पन्तज्यूले गर्नुभयो। विद्यालयले केही वर्षदेखि Steam Approach मा विद्यार्थीहरूलाई पठनपाठन गरिँदै आइरहेको जानकारी गराउँदै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले pre school देखि सेकेन्डरी तहसम्मका विद्यार्थी भाइबहिनीहरूले Science, Maths,Computer,Robotic,Social, Local curriculum , English ,Nepali र विविध स्थानीय संस्कृति झल्किने बाजागाजाको सहित विविध १०० वटा भन्दा बढी स्थलहरू हरूको प्रदर्शनी रहेको जानकारी गराउनुभयो।

प्रमुख अतिथि डा.चेतनाथ पन्त ज्यूले यस्तो किसिमको प्रदर्शनीले विद्यार्थी भाइबहिनीहरूको सिकाई क्षमता अभिवृद्धि हुने र शिक्षाको गुणस्तर वृद्धि हुने कुरा बताउनुभयो। प्रदर्शनीका साथसाथै बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्नको लागि एकल गायन प्रतियोगिता को पनि आयोजना गरिएको थियो। सय जनाभन्दा बढी विद्यार्थीहरूबाट छनौट गरी अन्तिम १० जना विद्यार्थीहरूको बीचमा भएको गायन प्रतियोगितामा प्रथम क्रिस्टिना धौबन्जा, दोस्रो प्रकृति सिंह ठकुरी र तेस्रो स्थानमा रियानसी श्रेष्ठ हुन सफल भएको थियो ।विजयी विद्यार्थी भाइबहिनीहरूलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारजित ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो।

एक हजारभन्दा बढी अभिभावक तथा विद्यार्थी भाइबहिनीहरूले अवलोकन गर्नुभएको आजको शैक्षिक प्रदर्शनीलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक आदरणीय अभिभावक र शुभचिन्तक विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारको शैक्षिक प्रदर्शनी प्रत्येक वर्ष गरिने जानकारी विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले बताउनुभयो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न