
जन आवाज न्युज/ललितपुर, १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहिवार ललितपुरको श्री सातकन्या आधारभूत विद्यालयको भ्रमण गरेर १०३ जोर जुत्ता तथा झोला हस्तान्तरण गरेको छ ।
यो पहलको उद्देश्य आर्थिक कठिनाइका कारण आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका र काल्याणकारी सेवाबाट वञ्चित परिवारका बच्चाहरूलाई व्यावहारिक सहयोग प्रदान गर्नु हो । “छिमेकीहरूमाझ परमेश्वरको प्रेम बाँड्नको निम्ति सन्तहरूले एउटै चित्तका भएर यस कार्यको लागि तयारी गरेका छन् । हुन त हरेक परिवारलाई आ-आफ्नै किसिमका कठिनाइहरू छन्, तापनि बालबालिकाहरू नयाँ जुत्ता लगाएर, नयाँ झोला भिरेर उज्यालो गरी मुस्कुराउन सकून् भन्ने चाहन्छौं । हरेक घर हर्ष र खुसीले भरिपूर्ण हुन सकोस् भनी कामना गर्दछौं” परमेश्वरको मण्डलीका एक जना अधिकारीले भन्नुभयो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले यसरी विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने अवसर पाएको कुराप्रति आभार प्रकट गर्नुभयो । श्री सातकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोविन्द दाहालले परमेश्वरका मण्डलीका सदस्यहरूले प्रेमको बजार कार्यक्रम गरी उहाँहरूको अथक परिश्रम र प्रेमको मनद्वारा तयार गरिएको हो। यस्तो कार्य गर्नुहुने परमेश्वरको मण्डलीप्रति कृतज्ञ व्यक्त गर्नुहुँदै आगामी दिनमा अझै सहकार्यको निम्ति अनुरोध गर्नुभयो ।
श्री सातकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेले सदस्यहरूलाई स्वागत गर्दै यो सहयोगको लागी हाम्रो विद्यालयलाई चुनिदिनुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । प्रायःजसो पुरानो जुत्ता र झोला भएका बालबालिकाहरूका लागि यो ठूलो उपहार भएको भन्दै विद्यालयले सो कार्यको सराहना गरेको थियो । कार्यक्रम बागमती गाउँपालिका र सातकन्या आधारभूत विद्यालयको सहकार्यमा गरिएको थियो । प्रमुख अतिथि बागमती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवराज खड्काले कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्नुभयो । अति आवश्यक सामग्री हस्तान्तरण गरिदिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो। अन्य विद्यालयहरूमा पनि सहयोगको अपेक्षा गर्नुभयो
कार्यक्रममा सहभागी मण्डलीका सदस्यहरूले आर्थिक अवस्था कमजोर भएको विद्यालयका बालबालिकाहरूका सहयोग गर्न पाउनु एकदमै खुशि लागेको कुरा बताउनुभयो । त्यसै गरी बालबालिकाहरूका लागि आगामि दिनमा पनि सहयोग गर्ने भन्दै बालबालिकाहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।
परमेश्वरको मण्डलीका विश्वासीहरूले विश्वको ठाउँ-ठाउँमा अनवरत रूपमा समर्पित सेवा गर्दैआएका छन् । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । नेपालमा गत वर्ष डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएका छन् ।

मण्डलीले बागमती प्रदेशको काठमाडौं कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरैँचा, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको वीरेन्द्रनगर जस्ता विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गरिसकेको छ । यसका साथै स्थानीय समुदायमा रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमहरू पनि मण्डलीले सक्रिय रूपमा गर्दैआएको छ । मण्डलीद्वारा आयोजना गरिने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ १००% स्वैच्छिक, अवैतनिक रक्तदान हो र यसले रगत स्थिरतामा योगदान पुऱ्याएको मूल्याङ्कन गरिएको छ, साथै रगतको अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरूको जीवन बचाउनमा प्रमुख भूमिका खेलिरहेको छ । परमेश्वरको मण्डलीले हालसम्म नेपालमा ४४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।
२,००० वर्षअघिको सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार चाडलाई मौलिक रूपमा पुनर्स्थापित गरेर मान्ने परमेश्वरको मण्डलीको सुरुवात सन् १९६४मा कोरियामा भएको थियो । विश्वको १७५ वटा राष्ट्रका ७,८०० वटा क्षेत्रमा करिब ४० लाख विश्वासीहरूले बाइबलमा आधारित ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’मा विश्वास गर्दछन् । मण्डलीले स्थानीय समुदाय र देशमा ‘ज्योति र नून’को भूमिका निर्वाह गर्दै ४४,००० पटकभन्दा बढी सामाजिक योगदानका गतिविधिहरू सञ्चालन गरेको छ । यस किसिमको समर्पित प्रयासको लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभा सम्मान पदक र देशको सर्वोच्च वातावरणीय अवार्ड र ब्राजिल विधायिकी पदकसहित ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।










-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 334086



