
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार वडा कार्यालयको आयोजनामा बालमैत्री अभियान अन्तर्गत आयोजित “प्रथम वडास्तरीय दौड प्रतियोगिता-२०८३” भव्य रूपमा शनिबार सम्पन्न भएको छ।
बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा क्षेत्रभित्रका विभिन्न विद्यालय तथा समुदायका बाल समूहका गरी १६५ जना खेलाडी बालबालिकाहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिताको उद्घाटन तथा समापन सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम वडा अध्यक्ष सानुकाजी कायस्थको अध्यक्षतामा तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायतको उपस्थिति थियो ।
प्रतियोगिताभर सहभागी बालबालिकाहरूले उच्च उत्साह, अनुशासन र खेलभावना प्रदर्शन गरेका थिए। यस्ता प्रतियोगिताले बालबालिकामा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास, नेतृत्व क्षमता तथा स्वस्थ जीवनशैलीको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण बालबालिकालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 363714












