
जन आवाज न्युज/भक्तपुर । “मानवताको एक थोपा, रक्तदान गरौँ जीवन बचाऔँ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा, रक्तसञ्चार सेवाको आयोजनामा आइतबार २२ औँ विश्व रक्तदाता दिवस भव्यताका साथ सम्पन्न भएको छ । भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा रक्तदानको क्षेत्रमा अतुलनीय योगदान पुर्याउने रक्तदाता तथा विभिन्न संघसंस्थाहरूलाई विशेष सम्मान समेत गरिएको छ ।

कार्यक्रममा आयोजक संस्थाले तयार पारेको रक्तसन्चार बुलेटिन बिमोचन गर्दै प्रतिनिधि सभा सदस्य माननीय रुकेश रन्जितले मानवीय जीवनसँग जोडिएको रगत जस्तो अमूल्य चिजलाई नागरिकका लागि पूर्ण रूपमा निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रगत निःशुल्क उपलब्ध गराउने व्यवस्थाका लागि सदन र सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलकदमी लिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा आमन्त्रित अन्य प्रतिनिधि सभा सदस्यहरू माननीय मदनकृष्ण श्रेष्ठ र माननीय प्रमिला कुलुजुले पनि रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्तो पवित्र कार्यमा सबैको सहभागिता हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले मानवीय सेवामा नेपाल रेडक्रस सोसाइटीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उप महामन्त्री मनोज कुमार थापा, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका पूर्व सभापतिद्वय बालमुकुन्द सुवाल र कृष्ण प्रसाद अवालले रक्तसञ्चार सेवालाई अझ भरपर्दो, सुलभ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
यसअघि कार्यक्रमको सुरुमा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई शब्दद्वारा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति प्रशुराम पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले “मानवताको एक थोपा” ले कसैको जीवन बच्न सक्ने भएकाले रक्तदानको संस्कृतिलाई टोलटोलसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर, रक्तसञ्चार सेवाका संयोजक सोम प्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका मन्त्री धर्मराज कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा ब्लोदान केन्द्रका अध्यक्ष राजेश श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्का, जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेल,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, छिमेकी जिल्ला नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चा भडेल, रक्तदानको महाअभियानमा जोडिएका विभिन्न संघसंस्थाका प्रतिनिधि, आयोजक संस्थाका पदाधिकारी,सदस्यहरू, जिल्लाभित्रका पालिका शाखा, उपशाखा तथा स्वयम्सेवकहरूको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
समारोहको अन्त्यमा अध्यक्ष सोम प्रसाद प्रधानले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, रक्तदाता, विभिन्न संघसंस्था तथा स्वयम्सेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।


-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 364179












