‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुदैं | Jana Aawaj News

‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुदैं : Jana Aawaj News

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३’ गतबर्ष २०७६ मा दर्शकहरुका लागि बहुप्रतिक्षित फिल्म रहेको थियो । गतचैत्र २८ मा प्रदर्शनको तयारीमा जुटेको सो फिल्म कोरोना महामारीमा कारण नेपाल सरकारले गरेको लकडाउनका कारण उक्त मितिमा रिलिज मिती स्थगित हुन पुग्यो ।

उक्त फिल्म लामो समयपछि यहि फगुनमा रिलिज हुने बताइएको छ । निर्माता निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’ यहि फागुनमा रिलिज गर्ने सामाजिक संजालमार्फत बताएका छन्

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, पे्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको फिल्ममा सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको छ ।

आशुसेन फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको सो फिल्ममा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न